व्याकरण ब्यायो, नेपालीलाई सुत्केरो

हसिलो युवतीबाट अमृतरुपी धन्यवाद पाउदा मन गद-गद त भयो, आर्थिक सहयोग भने इन्कार गरे। केही समय पछी मन खल्लो भयो, नेपाली समाज पैसामा त बिक्यो तर आफ्नो मुल जरो बिर्सिएको देख्दा मन क्षुब्ध भयो । अङ्रेजीमा विद्वान कहलिने बिद्यार्थी नेपाली लेख्न हिचकिचाउछ । नेपाली लेखन र यस्को उपयोग धेरै नहुने भएर पो हो कि?

कोरियनले कोरियन भाषा, जापानिजले आफ्नो भाषा, भुटानी, चाइना इत्यादीले आफ्नो भाषा ठ्याक्कै नजाने के हुन्छ? आफ्नो भाषाको अस्तित्व घट्दै जान्छ।आज अंग्रेजी भाषाले बिश्वब्यापी बन्नुको करण जताततै यसको प्रयोग भएर हो जस्तो लाग्छ। गुगलका अनुसार विश्वको शीर्ष 10 भाषामा अंग्रेजी, मन्डारिन चिनियाँ, हिन्दी, स्पेनिश, फ्रान्सेली, अरबी (मानक), बंगाली र पोर्चुगल पर्छन। म नेपाली समुदायको नेपाली भाषाप्रतीको अवस्था हेर्छु, त्यो पनि युवाबर्गको नेपाली भाषा बोलाई, लेखाई हेर्ने हो भने दयनिय छ। बिद्यालयस्थरका बालबालिका देखी बिदेशिने बेला भएका युवासम्ममा नेपाली भाषाको प्रयोग कमै गरेको देखिन्छ। अझ हामी अङ्रेजी नजान्दा त इङ थपेर बोल्थ्यौ । खाइङ, हिडिङ…. यस्तै यस्तै ।

यसै बिषयमा मैले भोगेको एउटा यथार्थ कहानी, आन्तरिक राजस्व बिभाग लाजिम्पाटमा कर तिर्न गएको थिए, खाजा समय भनेर ठ्याक्कै बन्द गरेर कर्मचारी खाजा खान निस्के, म बसिरहेको थिए। नजिकै एकजना २६-२७ बर्षको युवती बसिरहेकी थीइन। अनुहार हेर्दा केही काम नभएर उदासीन भएर बसेको जस्तो थियो, मैले केही नबोली त्यतै कुर्सीमा बसीरहे। खाजा समय सकिएपछी कर्मचारीहरु आ-आफ्नो ठाउँमा आएर कार्य सुचारु गरे । व्यक्तिगत काम थियो, म पनि काम गर्दै थिए। अधिकृतले उहालाई निबेदन लेख्नु अनी आउनु भन्नुभएको रहेछ । तर भीडम्ना के भयो भने उहा १२ सकेपछी अष्ट्रेलिया प्रस्थान गर्नुभएको रहेछ र हाल्सालै नेपाल आउनुभएको रहेछ । नेपालमा लगानी गरेर कम्पनी खोल्ने उहाको इच्छा रहेछ । गम्भीर बिषय के थियो भने, निबेदन लेख्न नआएको कारणले गर्दा उहा त्यही अलमल्ल परेर बस्नु परेको रहेछ । पर्याप्त पैसा छ तर सानो कामले गर्दा उहाँ रोकिरहनु भएको थियो । अन्तरिक राजस्व कार्यालयमा निबेदन नेपालीमा लेख्नुपर्ने अधिकृतको निर्देशनले अल्मलमा बसिरहनु भएको थियो। एकैछिन पछी मलाई रिक्वेस्ट गर्नुभयो, मैले निबेदन लेखिदिए। निबेदन लेखिसक्ने बित्तिकै उहाँले मलाई धन्यवाद भन्नुभयो साथै ३०० रुपैया दिन लाग्नुभएको थियो। हसिलो युवतीबाट अमृतरुपी धन्यवाद पाउदा मन गद-गद त भयो आर्थिक सहयोग भने इन्कार गरे। केही समय पछी मन खल्लो भयो, नेपाली समाज पैसामा त बिक्यो तर आफ्नो मुल जरो बिर्सिएको देख्दा मन क्षुब्ध भयो ।

अङ्रेजीमा विद्वान कहलिने बिद्यार्थी नेपाली लेख्न हिचकिचाउछ । नेपाली लेखन र यस्को उपयोग धेरै नहुने भएर पो हो कि? ब्यबस्थापनका बिद्यार्थीले १२ कक्षा देखी नेपाली पढ्न पर्दैन र बिज्ञान बिषयकाले कक्षा १२ सम्म मात्र नेपाली पढ्छ । समाज कुन लय तर्फ झल्किदै छ भन्ने कुराको गम्भिर बहन हुन आवश्यक छ।

नेपाली समाजमा भएका गतिबिधी र कार्यलाई मध्यनजर गर्नी हो भने नेपालमा बृद-बृद्दाको जमात मात्र थुप्रने देखिन्छ । सरकार युवा-रोजगार कार्यक्रममा भन्दा पनि बृद्द भत्ता कसरी बाढ्ने भन्ने बिषयमा लाग्नु पर्ने देखिन्छ । पछील्लो समय लोकसेवा दिएका कर्मचारी पनि रजिनामा दिदै बिदेश पलायन हुने गरेको समाचार नौलो होइन ।

बिद्यार्थी उच्च शिक्षा अध्ययनको लागि किन बैदेशिक यात्रामा जान्छन ? पक्कै सोचे अनुसार नभएर र क्षमता अनुसारको कार्य-बातावरण नभएर नै त होला । बिद्यार्थीको सन्दर्भमा एकपटक जापानको उदाहरण हेरौ, यात्रुको चाप घट्न थालेपछि जापानको रेल बिभागले बन्द गर्ने निर्णय गर्यो । रेल कम्पनी कै एक कर्मचारीले उक्त स्थानबाट एकजना बिद्यार्थी प्रत्येक दिन आवत-जावत गर्ने गरेका रहेछन । बिद्यार्थीको दैनिकीमा असर पर्ने भन्दै रेल बिभागले उक्त रेल यथावत गर्ने निर्णय लियो । कम्पनीलाई पर्ने घाटाको बिषयमा भन्दा पनि बिद्यार्थीको दैनिकीमा ध्यान दिए । यही प्रसँग नेपालमा हुने हो भने उस्तै परे परिक्षाको दिन नै बिद्यार्थीले सार्वजनिक सवारी नपाएर पठाओ / इन्ड्राईभ चढ्न वाध्य हुन्छन । कुनै ब्यक्तीले जिन्दगीभर चाकडी गर्नुको कारण केही आर्थिक अथवा अन्य पाटोमा सहायता हुनको लागि नै हुन्छ । बिदेशिने लहर चलेकै गाउँको उदाहरण हेरौ न काठमाडौं जिल्लाबाट निकै नजिक रहेको सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाको अवस्था पनि दयनिय देखिन्छ।

टार भनिने कर्यपालिका कै क्षेत्रमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्राय  छ । फाट्टफुट्ट ज्येष्ठ नागरिक भेटिने गर्छन। काठमाडौंबाट खासै टाढा त होइन तर कच्ची बाटोको कारणले यात्रामा अलि समय लाग्छ।
गाउँबाट उत्पादित जैविक उपज सवारीसाधनमा राखेर सहर पठाउने सपना साकार नहुँदै सोही सडकमा गुडेका सवारीसाधान चढेर गाउँका युवा सहर पसेपछि अहिले गाउँ मै तरकारी काठमाडौंबाट ल्याएर खाने गरेका छन। रेमिटान्सले घर चलाऊनेको जमात थुप्रो छ। यहि क्रम चल्ने र गाउँपालिकाले बेलैमा केही सहज परिस्थितिको सिर्जना नगर्ने हो भने गाउँमा मलामी पनि नभेटिने अवस्था छ ।

बेलैमा बिदेशिएकाले पर्याप्त आर्थिक सहायता त ल्याउलान तर आफ्नो भाषाको बारेमा अनबिज्ञ हुँदा कताकता चसक्क घोच्छ । हाम्रै बोलीचाली कै कुरा गरौ न प्राय अङ्रेजी शब्द नमिसिएका कुनै पंक्ति हुँदैन, मैले यसको नामाकरण नेपाङ्रेजी गरेको छु । नेपाङ्रेजी भने अनुसारको लेख्न जाने त हुन्थ्यो नि !

एउटै आकाशमा उडेको कौवाले जुठेल्नाको जुठो देख्छ, बाजले सिनो देख्छ र त्यही आकाशमा उडेको परेवाले बिस्कुन देख्छ। सबैको आफ्नो-आफ्नै तर-तरिका छ तर कौवा-बाजले पनि आफ्नो धरातल बिर्सदैन, परेवाले पनि गुडुर्‍र गर्दै आफ्नो सन्ततिलाई आहारा ब्यबस्थापन गरिरहेको हुन्छ । हाम्रो समाजका दाजु-भाई, दिदी-बहिनी ताल परे बुवा-आमा पनि उतै कसरी लाने बिषयमा जोड दीइरहेका हुन्छन ।

घरमा खादा कहलिएको मकै सिनेमा हल छिरे पछी पपकर्नमा नामाकरण हुन्छ। बिदेशीको शैलीले नेपाली संस्कृतीलाई राम्रै प्रभाब परेको देखिन्छ । हिजो गुन्यु-चोलीमा सजिने दिदी-बहिनी आज टिसर्ट-पाईन्ट लाउन रुचाउछन, अझ १ पिसले त राम्रै मार्केट खायो । अरुको सिको सिक्नु कुनै गम्भिर बिषय त होइन तर आफ्नो मुल धर्म- संस्कृतीलाई नै ब्यवास्था गर्नु भनेको नेपाल आमालाई नै बिर्सनु सरह हो ।

आज नेपाली बिषयका अध्यापक हाजिर गरेर घर जान वाध्य छन । मास्टरले पनि बिद्यार्थी भए पो पढाउनु, बिद्यार्थी नै नभए के गर्नु उही हाजिर गर्ने घर लाग्ने । विश्वबिधालयका कक्षा भन्दा पुतलीसडकका आईएल्स कक्षा भरिभराउ देखिन्छ । धन्न राज्यको नियम १२ सकेपछी मात्र बैदेशिक अध्ययनको लागि जान मिल्ने नियम बनाएको छ। उच्च कक्षा कै तथ्यान्क हेरौ न, एसएलसी कती जनाले दिए ? ११-१२ मा कती जना उक्लिए र स्नातक तह भन्दा माथिको त कुरै नगरौ । उस्तै परे पुराना कार्यक्रमहरु नै विश्वबिधालयले बन्द गर्ने अवस्थामा छ।

राज्य र सरकारले के गर्यो ? न योग्यता अनुसारको जागिर राम्रो पाईन्छ, अन्य सुबिधाको त कुरै छोडौ । यहाँ सत्तापक्ष र प्रतिपक्षको भिडन्त कायम नै छ र भईरहनेछ । त्यो एउटा कुर्सीको लागि दिनरात लोकसेवाधारीले लगाउने जुक्ती भन्दा कडा मेहेनत गर्छन राजनीतिज्ञ, ठुला ब्याबसायीले लागाएको टेकोमा अडिएको राजनीतिको भुङ्रोबाट सफल हुने तीन ब्यक्तित्व शेर बहादुर देउबा, केपी शर्मा ओली र प्रचण्ड। कांग्रेस-एमाले समिकरणको सरकारले राम्रै गम खाएपनी त्यती सजिलो वातावरण भने छैन। उता प्रचण्डले पनि राम्रै बठ्याई गरेको हबिगत हो बर्तमान सरकार । प्रचण्डले बोलेअनुसार काम गरेको भए उही सरकार कायम हुने थियो तर उनले तिउन एउटाबाट लिए अब पकाउने बेला चाहिने मरमसलाको लागि अर्कै सँग सहकार्य गरे । उता रास्वपाको पनि छुट्टै चर्चा छ। सांसद हुने बित्तिकै नागरिताको बिषय चुलिएपछी उपनिर्वाचनमा राम्रै मत प्राप्त गरे तर सहकारी किचलोले उनलाई छोडेन । हाम्रो मानसिक सोचाई कस्तो भईसक्यो भने औलो दिदा डुडिल्को नै माग्ने प्रबिद्दीले गर्दा दुराबस्था सिर्जना भएको होला शायद ।

बर्तमान सरकारका मन्त्रीहरुले १०० दिने कार्यविवरण सार्बजानिक गर्दै छन। लक्ष्य र कार्य भन्दा पनि विवरण पत्राचार मै एकाग्रता देखिन्छन । पूर्व-स्वास्थ्यमन्त्री प्रदिप यादब पनि कमिशन बिषयमा नजोडीएका होइनन, यसै साता मात्रै बर्तमान स्वास्थ्यमन्त्रीले महिला स्वास्थ्य स्वंयमसेविका ड्युटीको समयमा कतै जादा भाडा नलिने भन्दै सार्वजनिक सवारी समिती सँग सम्झौता गरे । गत सोमबार मात्रै शिक्षा मन्त्री बिद्या भट्टराईले स्नातक तहको प्रश्नपत्र अङ्रेजी-नेपाली दुबै भाषामा छापिने बारे लामो स्ट्याटस आफ्नै फेसबुक पेज मार्फत सार्वजनिक गरिन। स्थाई सरकार नभएर पनि मन्त्री कार्यमा तिब्रता आउन थालेको बुज्न सकिन्छ। राजनीतिज्ञ होस या ब्यबसायीकर्ता, झर्रो नेपाली बोल्ने प्राय: कमै भेटिन्छन।

लेखन शैली र नेपालीमा मिसिने अंग्रेजीले गर्दा ब्याकरण ब्याएर नेपालीलाई सुत्केरो परेको जस्तो देखिन्छ। सोहि क्रम चल्दै जाने हो भने सुत्केरोको न्वारन कस्ले गर्छ भन्ने बिषय अविज्ञता बढ्ने देखिन्छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार