विप्लवकोे कृषि क्रान्तिमा घनश्यामको आकर्षण ‘विप्लवबाट सिकौं’

२८ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले देशभर कृषि क्रान्तिलाई जोड दिदै गर्दा विभिन्न राजनीतिक पार्टीका नेताहरुमा आकर्षण पैदा भएको छ । यतिवेला राजनीतिक पार्टीका नेताहरु विप्लवको उत्पादन क्षेत्र कपिलवस्तुमा पुगेर मुक्तकण्ठले प्रशसा गरिरहेका छन । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल दसैको बेला विप्लवको उत्पादन हेर्न कपिलवस्तु पुगे ।
एकीकृत समाजवादीका महासचिव भुसालको कपिलवस्तु पुग्दा आकर्षणको सीमा रहेन । उनलाई नेकपाका महासचिव विप्लवले कपिलवस्तुमा सर्वप्रथम स्वागत गरे । करिव ५ विगाह क्षेत्रफलमा रोपेको धानवाली भित्र्याउदै गर्दाको भुसाललाई अवलोकन गराए । महासचिव दोय विप्लव र भुसालले धान काटिरहेको मज्जाले अवलोकन गरे । त्यहाँ वास्तविक समाजवादको अभ्यास भएको भुसालले महसुस गरे । उनले अनद स्पोर्टमा भने ‘दलाल पुँजीवादका विरुद्ध लड्न विप्लवबाट सबै कम्युनिष्टहरुले सिक्नु पर्छ, सबैले सिकौं ।’ यो भुसालको सामान्य भनाई होइन । यो कम्युनिष्ट आन्दोलनका लागि गहकिलो भनाई हो ।

 

आज कम्युनिष्टहरु जे जति विग्रिएका छन, श्रमबाट अलग भएर विग्रिएका हुन, भन्ने कुरा विप्लवले भुसाललाई बताए । ‘कम्युनिष्टहरु श्रमसंग एकाकार हुनु पर्छ । श्रम र कम्युनिष्ट अलग हुन सक्दैन । आज विश्वका कम्युनिष्टहरु तथा नेपालका कम्युनिष्टहरु श्रमबाट अलग हुनुले कम्युनिष्ट आन्दोलनमा समस्या पैदा भएको हो’ विप्लवले भने ।
कपिलवस्तुको नेकपाको कार्यालय पनि एकीकृत समाजवादीका महासचिव भुसालले अवलोकन गरे । कार्यालयको निर्माण र सजिसजावट आफ्नै श्रमवाट भएको सुन्दा भुसाल छक्क परे । उनले नेकपाका महासचिव विप्लवलाई भित्रैबाट धन्यवाद व्यक्त गरे । नेता भुसाल नेकपाले उत्पदन गरेको धान,तरकारी लगायतको कम्युनको सबै उत्पादनको अवलोकन गरे । एकीकृत समाजवादीका महासचिव भुलासले वास्तविक समाजवादको अभ्यायस भएको बताए । । नेपालका कुनै पनि कम्युनिष्टहरुले गर्न नसकेको काम विप्लवले गरेको भन्दै प्रशसा गरे । विप्लवको उत्पादन लगायतको सबै कामहरुबाट प्रभावित भएर एकीकृत समाजवादीका महासचिव भुलालले कपिलवस्तुवाट फेरी पनि उद्घोष गरे ‘अब विप्लव बाट सिक्कौं ।’
भुसालले यसो भनिरहदा विप्लवका नेता कार्यकर्ताहरु धान काट्न व्यस्त देखिन्थे । विप्लव स्वयम पनि धान काट्न व्यस्त थिए । अरुलाई दसैको टिका जमराको चटारो थियो भने विप्लवलाई कम्युनको धान भित्र्याउन चटारो थियो । यो वास्तविक कम्युनिष्ट नेताहरुमा हुनुपर्ने विरलै गुण हो ।
विप्लवले उत्पादन गरेको कम्युनमा यसअघि नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णवहादुर महरा, नेकपा समाजवादीका नेता प्रकाश ज्वाला, लगायतका थुपै राष्ट्रिय स्तरका नेताहरु अवलोकनमा पुगिसकेका छन । राष्ट्रिय राजनीतिमा समाजवादी क्रान्ति सफल बनाउनको लागि विप्लवले कृषि उत्पादनलाई जोड दिएका छन । यो समाजवादी क्रान्ति सफल बनाउनका लागि महत्वपूर्ण आधार हुने नेताहरुको विश्लेषण छ ।
विप्लवले करिव ३ बर्ष भित्र पार्टीलाई आत्मनिर्भर, नेता कार्यकर्तालाई आत्मनिर्भर बनाउने संकल्प गरेका छन । पार्टीलाई चन्दा मागेर चलाउने कुराको अन्त्य गर्ने विप्लवले बताउदै आएका छन । उनले जनता र देशलाई आत्मनिर्भरर बनाउने सपना बुनेका छन । त्यसको सुरुवात नेकपाले गरेको विप्लवको दाबी छ । यो बर्ष देशभर करिव ३ सय बढी विगाह क्षेत्रफलमा नेकपाले उत्पादनको काम गरेको छ । यो कम्युनिष्टहरुका लागि स्वागतयोग्य कुरा हो ।
सबै कम्युनिष्टहरुले एकीकृत समाजवादीका नेता भुसालले भने जस्तै विप्लवको उत्पादनबाट सिकेर देशलाई आत्मनिर्भर बनाउने तिर लाग्दा उपयुक्त हुने राजनीतिक विश्लेषकहरुको ठहर छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार