पारालिम्पिक कास्य पदक विजेता पलेशालाई महानगरपालिकाले दियो ५ लाख

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ ।

काठमाडौँ प्लाजामा आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले चेक दिएका छन् ।

नेपालले कास्य पदक मात्र भएनी गरिमामय पदक जितेको भन्दै महानगरले पुरस्कार दिएको हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार