काठमाडौँ। प्रसङ्ग २०८० कार्तिक २० गतेको, कहिँ नभएको जात्रा बुढानिलकण्ठ-१२ मा भएको थियो। दुई महिना पनि नपुग्दै बाटोमा रोपिएको फुलको गमला र स्ट्यान्डलाई यथास्थानबाट तितर-बितर बनाइदिएका थिए ।
बुढानिलकण्ठ-१२ को बिकासमा प्रशंसा भन्दा आलोचना धेरै हुने कुराको व्याख्यान धेरै गरिरहनुपर्छ जस्तो लाग्दैन। न दुइ लेन को फराकिलो बाटो, न साइडमा दुइपट्टी पेटी, त्यसमाथि स्ट्याण्ड माथि फुलको गमला। न बाटो हिड्नेले नै तारिफ गरे, न स्थानीयले नै।
१२ नं वडामा उक्त स्ट्यान्ड र सयपत्री फुलको गमला राखेको दिन देखी नै, ‘यतो सानो बाटोमा मान्छे हिड्ने कि गमला र फुलको स्ट्याण्ड ठड्याउने’ गुनासो सर्बसाधारणको थियो।
सडकका गमला र स्ट्याण्ड ढालेको भिडियो सिसि क्यामेरामा कैद भएको थियो। सान्ग्रो बाटोमा हरियालीको तमासा भन्नेले पो गरेकी भन्दै स्थानिय सिसिटिभी हेर्दै थिए। मध्यरातमा करिब ११ बजेर १८ मिनेट तिर ३ जना केटाहरु आएर गमला फ़ुटाएको र एक जनाले कसेर एक लात हान्दा स्ट्याण्ड फुर्लुक्कै बांगिएको थियो। दुई महिना पनि नपुग्दै सजिलै स्ट्याण्ड भाचिने कस्तो सामान हालेको भन्ने बिषयमा पनि प्रश्न उठेको थियो। काम कच्चा भनौ कि ? सुक्या ज्युमा लुक्या बल भन्ने भनाईको व्याख्यान! सार्बजनिक सम्पतिको नोक्सान गर्नेलाई कानुन बमोजिम कारबाही गरेपनि वडाको चरम लापरबाही देखिएको छ।
सार्बजनिक सम्पतीको बिनाश गर्नेलाई कारबाही पनि भयो। तर साघुरो सडक, अनि १ साइड पेटी! सामान बोकेर एक्लै हिड्नलाई नै गाह्रो हुने सडकमा गमला स्ट्याण्डले खासै शोभा दिएको देखिएन तर बटुवालाई भने शास्त्री भएको देखियो।
फैकादेखि तेञ्जिङ्गचोक सम्म ५३ वटा गमलाका स्ट्याण्ड छन्, पातलो स्ट्याण्ड र गमला राखिएको दुई महिना नपुग्दै अनैतिक काम गर्ने व्यक्तिले विध्वंस गरेका थिए।
त्यसलगत्तै अर्को स्ट्याण्ड फेरिएको थियो।