४ जेठ विहीबार
काठमाण्डौँ : डिबी सीको गैरन्यायिक गिरफ्तारको विरुद्ध मकवानपुरमा विरोध कार्यक्रम भएको छ । कार्यक्रम अखिल (क्रान्तिकारी) मकवानपुरले गरेको हो ।
झुट्टा मुद्दामा सोह्रखुट्टे हिरासतमा राखिएका डिबी सीको रिहाइको माग गर्दै गरेको विरोध कार्यक्रममा भ्रष्टाचारी, दलाल, शैक्षिक माफिया लगायतलाई खबरदारी पनि गरेको छ ।
संगठनका केन्द्रिय सचिवालय सदस्य तथा सिटिइभिटी व्युरो इन्चार्ज डिबी सीलाई गत जेष्ठ १ गते ५९ औं विद्यार्थी दिवसको कार्यक्रम स्थल राष्ट्रिय नाचघर जमलबाट प्रहरीले कृति आर्थिक मुद्दा बनाई षड्यन्त्रपूर्ण ढंगले झुट्टामुद्दामा गिरफ्तार गरि सोह्रखुट्टे हिरासतमा राखिएको छ । विद्यार्थी दिवसको कार्यक्रमबाटै डिबी सीलाई गुण्डागर्दी शैलिमा प्रहरीले गरेको गिरफ्तारीको विरोध गर्दै अखिल (क्रान्तिकारी) मकवानपुरले तत्काल उनको रिहाइको माग गरेको छ ।
कार्यक्रमको सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सीले विनाकारण झुट्टामुद्धामा समातेर हिरासतमा राखिएका डिवि सी तत्काल रिहाई गर्न माग गरेका छन् । यदि सरकारले उनको रिहाईमा ढिलासुस्ती भएमा अखिल (क्रान्तिकारी) थप संघर्षमा जान बाध्य हुने र त्यसको जिम्मेवारी सरकार आफै हुनुपर्ने चेतावनी पनि दिएका छन् त्यस्तै विरोध प्रदर्शन तथा कोणसभा कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीले विनाकारण प्रहरीले डिवि सीलाई गिरफ्तार गर्नु संगठन माथिको अपहेलना भएको बताए । उनले भने अखिल (क्रान्तिकारी) आफ्नो स्थापना कालदेखी नै विभिन्न बलिदानीपुर्ण संघर्षको मैदानबाट उदाउँदै आएको छ । लामो संघर्षको बिचबाट गौरवपूर्ण इतिहास रच्दै आएको अखिल (क्रान्तिकारी) माथी भएको प्रहरीको नाङ्गो हस्तक्षेप असह्य भएको भन्दै गिरफ्तार गरिएको डिवि सीलाई विनासर्त रिहाइ गर्न माग गरेका छन् । साथै उनले समग्र विद्यार्थीहरुको हकहित र अधिकारका लागि आवाज उठाउने, देश र जनताको लागि आफ्नो ज्यानको आहुती दिन तयार भएका युवा विद्यार्थीलाई गिरफ्तार गर्नुको साटो भ्रष्टाचारी, दलाली, शैक्षिक माफिया, बलात्कारी, हत्यारा जस्तालाई गिरफ्तार गरि दण्ड सजाय दिन चुनौती दिएका छन् । साथै ती भ्रष्टाचारी, दलाली, शैक्षिक व्यापारी लगायतकालाई अखिल (क्रान्तिकारी) बाट सचेत रहन खबरदारी समेत गरेका छन् यसरी मकवानपुर बहुमुखी क्याम्पस अगाडि भएको विरोध कार्यक्रमलाई संगठनका सहसचिव तथा मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सहसचिव सुबास सीले गरेका हुन् ।