पूर्व गृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ

काठमाडौं:नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्।

पूर्वगृहमन्त्री समेत रहेका खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो।

प्रहरीले त्यो अडियोमाथि पनि अनुसन्धान गरिरहेको छ।

सोही प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्। प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ इन्द्रजित राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

यही प्रकरणमा पूर्वगृहसचिव रहेका तथा उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन्।

हिरासतमा रहेका अभियुक्तहरूको बयानको आधारमा एकपछि अर्को गरी उच्च पदस्थहरू तानिएका हुन्।

यो पनिः

भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ प्रहरीसँग, अनुसन्धान हुँदै

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइयो

नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा को-को नेता र तिनका परिवार मुछिए?

पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर भन्छन्- दलालहरू के/के गर्छन्, मलाई केही थाहा छैन

पूर्वगृहमन्त्री बादलका छोराविरूद्ध पनि पक्राउ पुर्जी

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरूद्ध पनि पक्राउ पुर्जी

नक्कली भुटानी शरणार्थी बनाएको घटनाबारे बुझ्न प्रहरीले बोलायो सचिव पाण्डेलाई

नक्कली भुटानी शरणार्थी प्रकरणमा इन्द्रजितका छोराविरूद्ध पनि पुर्जी

नक्कली भुटानी शरणार्थी प्रकरण: ५ करोड रुपैयाँ लिएको आशंकामा राईका बैंक खाता हेर्दै प्रहरी

पूर्वगृहमन्त्री बादलका सल्लाहकार राई पक्राउ

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार